फोटो कथा
पोखरा। लामो समयदेखि प्रतीक्षामा रहेका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अन्ततः प्रिन्ट भएर आएको छ। लाइसेन्स प्रिन्ट भएर आएपछि यातायात व्यवस्था कार्यालय कास्कीमा सेवाग्राहीको भिड बढेको छ।
यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) कास्कीका अनुसार १ जनवरी २०२३ देखि ४ अप्रिल २०२६ सम्मका करिब डेढ लाख लाइसेन्स प्रिन्ट भएर कार्यालयमा आइपुगेका छन्। लामो समयदेखि लाइसेन्स नपाएका सेवाग्राही अहिले एकैपटक लिन आउन थालेपछि कार्यालय परिसरमा भिड बढेको हो।
अझै करिब ४० हजार लाइसेन्स प्रिन्ट भएर आउन बाँकी रहेको कार्यालयले जनाएको छ। ती लाइसेन्स पनि क्रमशः आइपुग्ने र वितरण प्रक्रिया अघि बढाइने कार्यालयको भनाइ छ।
लाइसेन्स वितरणका लागि सेवाग्राहीको चाप बढेपछि व्यवस्थापनमा चुनौती देखिएको छ। यद्यपि सेवाग्राहीलाई सहज रूपमा सेवा दिन आवश्यक व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।
