काठमाडौँ। मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु वर्माले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेकी हुन्।
प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा नेपालले चीनलाई हराउँदै विजयी हुने लक्ष्यका साथ मैदानमा उत्रेको छ। यता चीन पनि लगातार दोस्रो जित निकाल्ने उदेश्यका साथ मैदानमा उत्रेको छ। हिजो भएको आफ्नो पहिलो खेलमा चीनले इन्डोनेसियालाई तीन विकेटले पराजित गर्दै जित हासिल गरेको थियो।
विभिन्न छ राष्ट्र सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। जसमा नेपाल समूह बी मा रहेको छ। नेपालको समूहमा चीन र इन्डोनेसिया छन्।
त्यसैगरी, समूह ए मा भने आयोजक मलेसिया, हङ्कङ र थाइल्यान्ड छन् प्रतियोगिताका शीर्ष तीन स्थान हासिल गर्ने टोलीले यसैवर्ष जापानमा हुने २० एसियाली खेलकुद प्रतियोगितामा भाग लिने पाउने छन्।