काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१३ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। कंगोको पूर्वी भागमा ‘इबोला’ भाइरसको प्रकोप तीव्र बन्दै गएको छ।

सङ्क्रमितको सङ्ख्या झन्डै एक हजार नजिक पुगे पनि रोग नियन्त्रणका प्रयासहरू स्थानीय विरोध र आक्रमणका कारण प्रभावित भइरहेका छन्।

स्वयंसेवी स्वास्थ्यकर्मीहरूले जनचेतना फैलाउने क्रममा स्थानीय बासिन्दाबाट ढुंगा हान्ने, गालीगलौज गर्ने जस्ता व्यवहार सामना गर्नु परेको छ। कतिपय मानिसहरू रोगप्रति शंका व्यक्त गर्दै स्वास्थ्यकर्मीमाथि अविश्वास देखाइरहेका छन्।

स्वास्थ्य केन्द्र र उपचार शिविरहरूमाथि आक्रमण र आगजनीका घटना पनि भएका छन्। केही स्थानमा सन्दिग्ध बिरामी राखिएका केन्द्रहरू जलाइएको छ भने कतिपय ठाउँमा अस्पतालबाट बिरामीहरू भाग्न बाध्य भएका छन्।

विशेषज्ञहरूका अनुसार स्थानीय समुदायमा डर, भ्रम र अविश्वास बढेकाले रोग नियन्त्रण झनै कठिन बनेको छ। साथै सुरक्षा चुनौती र मानवीय द्वन्द्वले पनि स्वास्थ्य अभियानलाई असर पारेको छ।

यस प्रकोपमा देखिएको इबोला प्रकार दुर्लभ मानिन्छ र यसका लागि प्रभावकारी खोप वा उपचार सीमित रहेको बताइएको छ।

स्वास्थ्यकर्मीहरू भने जोखिमका बाबजुद पनि सङ्क्रमण रोकथाम र जनचेतना फैलाउने प्रयास जारी राखिरहेका छन्।