काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१३ जेष्ठ २०८३
अ+
अ-

विराटनगर। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशन समयसीमाभित्र नै हुने बताएका छन्।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले पार्टी एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेकाले पार्टीलाई प्रतिस्पर्धी बनाउन सदस्यता अद्यावधिक गर्न लागेको जानकारी दिए।

महामन्त्री घिमिरेले नेपाली कांग्रेसले पार्टीले सरकारको १००औँ दिनसम्मको कामको समीक्षा गरेर मात्र आफ्ना धारणा बनाउने बताए।

उनले वर्तमान सरकार जनताको हितमा काम गर्दै सदन र जनताप्रति जवाफदेही एवं उत्तरदायी बत्रुपर्ने सुझाव दिए। कार्यक्रम युनियनका मोरङका अध्यक्ष वेदराज पौडेलको अध्यक्षतामा भएको थियो।