काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१३ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री बालेन शाह सदनमा उपस्थित नभएको भन्दै श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले संसद बैठक बहिस्कार गरेका छन्।

आफूहरूले निरन्तर प्रधानमन्त्रीको जवाफ खोजिरहेको भन्दै उनले सभामुख डोल प्रसाद अर्यालको ध्यानाकर्षण गरे। सभामुखले हिजो पनि यो विषयमा कुरा भएको बताए।

उनले बैठक बहिस्कार गर्दै बाहिर निस्किएपनि उनकै पार्टीका अन्य सांसद भने बैठकमै छन्। उनले प्रतिनिधि सभाको बैठक सुरु हुने वित्तिकै आफूलाई प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३१ को उपनियम (१) बमोजिम बैठकबाट बाहिर निकाल्न वा बालेनलाई संसदमा उपस्थित गर्न रुलिङ गर्न सभामुखसमक्ष माग गरेका थिए।

तर सभामुखले रुलिङ नगरेपछि उनी झोला बोकेर आफैँ बैठक हलबाट निस्केका थिए।

तस्बिरमा हेर्नुहोस् :