काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१३ जेष्ठ २०८३
मधेस प्रदेशसभा
अ+
अ-

जनकपुर। मधेस प्रदेश सरकारले आगामी आव ०८३/८४ का लागि १५ जेठमा नीति तथा कार्यक्रम ल्याउने भएको छ।

शुक्रबार (१५ जेठ) बिहान ११ बजे प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ। बैठकमा आफ्नो जातीय पोसाक झल्किने गरी उपस्थितिका हुन सांसदहरूलाई प्रदेश सभाले सूचनामार्फत जनाएको छ।

प्रदेश सभा सचिवालयका अनुसार कर्णले संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आव ०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममार्फत सभालाई सम्बोधन गर्नेछन्। सत्ता साझेदार दलहरूबीच भएको १५ बुँदे सहमति टेकेर नीति तथा कार्यक्रम आउने मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिए।

प्रदेश सरकार यसपटकदेखि ठूला आयोजनामा मात्रै रकम लगानी गर्ने र प्रदेशमा देखिने गरी योजनाहरू मात्रै सञ्चालन गरिने तयारीमा छ।