काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१३ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। सरकारले नेपाल संस्कृत विश्वविद्यालयका रिक्त पदाधिकारी नियुक्तिका लागि प्रक्रिया सुरु गरेको छ। नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना प्रकाशित गरी रिक्त्त पदहरूमा दरखास्त आव्हान गरेको हो।

समितिले यही ११ जेठमा स्वीकृत “नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३” बमोजिम दरखास्त आव्हान गरिएको छ। इच्छुक योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको वेबसाइटमा दिइएको www.moest.gov.np मा दिइएको लिङ्कमा गई दरखास्त दिन सकिने जनाइएको छ।

नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३ को दफा १६ क बमोजिम विश्वविद्यालयका कुलपतिबाट सिफारिस समिति गठन भएको, उच्च शिक्षाको क्षेत्रमा अनुभव भएका योग्यतम व्यक्ति खुला प्रतिस्पर्धाको माध्यमबाट छनोट गरी नियुक्तिका लागि सिफारिस गर्नु पर्ने व्यवस्था भएअनुरूप उम्मेदवार छनोटका विधि, आधार, प्रक्रिया तय गरी नियुक्तिको लागि सिफारिस गर्न समितिले कार्यविधि बनाइएको हो।