काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१४ जेष्ठ २०८३
अ+
अ-

पाेखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हाम्रा संस्कार र संस्कृतिले राष्ट्रिय एकताको भावालाई थप सुदृढ बनाउने बताएका छन्।

मुस्लिम समुदायको पर्व बकर इदका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले पारस्परिक सम्मान, सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनालाई इदजस्ता पर्वले मजबुत बनाउने बताए।

यस पर्वका माध्यमबाट आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र सामाजिक एकतालाई अझ सुदृढ बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्र्दै उनले सन्देशमा भनेका छन्, “विविधतामा एकता नेपालको मौलिक विशेषता हो।

गण्डकी प्रदेश पनि बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक सहअस्तित्वको उत्कृष्ट उदाहरणका रूपमा रहेको छ।

हाम्रो साझा सांस्कृतिक सम्पदा र मौलिक परम्पराको संरक्षण तथा प्रवद्र्धनले सामाजिक सद्भाव अभिवृद्धि गर्नुका साथै पर्यटन विकास र आर्थिक समृद्धिमा योगदान पुग्ने विश्वास छ।”