काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१४ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर उनले बिहीबार अपराह्न आव ०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिलाई जानकारी गराएका हुन्।

भेटमा अर्थमन्त्री वाग्लेले संसद्‌मा पेस गरेको आर्थिक सर्वेक्षण ०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गरे।

अर्थमन्त्रीले भोलि (जेठ १५ गते शुक्रबार) अपराह्न ४ बजे संसदको संयुक्त सदनमा सरकारको आर्थिक वर्ष ०८३/८४ को बजेट प्रस्तुत गर्दै छन्। बजेट निर्माण प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ।