काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१५ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। सरकारले नागरिक उड्डयन क्षेत्रका लागि २ अर्ब ९३ करोड रुपैयाँ बजेट छुट्याएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार बजेट भाषणमार्फत् सो जानकारी दिएका हुन्। वाग्लेका अनुसार त्रिभुवन विमानस्थलको स्तरोन्नतिको १ अर्ब ५३ करोड रुपैयाँ बजेट छुट्याइएको छ।

यस्तै, निजगढ विमानस्थलको मोडालिटी ६ महिनाभित्र यकिन गरिने मन्त्री वाग्लेले बताए। सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तथा व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्ने वाग्लेले बताए।

यस्तै, आगामी वर्ष भरतपुर विमानस्थलको स्तरोन्नति गरी रात्रिकालीन उडान सञ्चालन गरिने छ।

वाग्लेका अनुसार प्रदेश सरकारको सहकार्यमा सुर्खेत विमानस्थल, मुगुको ताल्चा र दाङको टरिगाउँ विमानस्थल स्तरोन्नति गरिने छ।