काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

सरकारको बजेटप्रति जनचासो उच्च, राहतको अपेक्षा

१५ जेष्ठ २०८३
तस्बिर : सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। सरकारले आर्थिक वर्ष ०८३/८४ का लागि बजेट संसद्‌बाट सार्वजनिक गरिरहँदा देशभर आमनागरिकको उल्लेख्य चासो देखिएको छ।

विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारको पहिलो बजेट भएकाले यसप्रति सर्वसाधारणदेखि सरोकारवालासम्मको ध्यान केन्द्रित भएको हो।

नयाँ बजेटले बढ्दो महँगी, रोजगारीअभाव र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिबाट प्रभावित नागरिकलाई राहत दिने अपेक्षा धेरैले व्यक्त गरेका छन्। बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँदै उत्पादन, पूर्वाधार विकास र रोजगारी सिर्जनामा ठोस योगदान पुर्‍याउने विश्वास पनि गरिएको छ।

२१ खर्ब २४ अर्बको बजेट सार्वजनिक [पूर्ण पाठ]

संसद् परिसर आसपास तथा सार्वजनिक स्थलहरूमा नागरिक बजेटबारे जानकारी लिन उत्सुक देखिएका छन्। बजेट सार्वजनिक भएसँगै यसका प्रभाव र कार्यान्वयनबारे विभिन्न तहमा बहस सुरु भएको छ।