काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१५ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीचको सम्भावित रणनीतिक समझदारी निर्णायक चरणमा पुगेको बताउँदै वासिङ्टन व्यापक सम्झौताबाट ‘धेरै नजिक’ रहेको दाबी गरेका छन्।

उनका अनुसार सम्भावित सहमतिले स्ट्रेट अफ हर्मुजमा आवागमन सहज बनाउने, इरानको सैन्य क्षमता कमजोर पार्ने तथा तेहरानको आणविक कार्यक्रमलाई दीर्घकालीन रूपमा पछि धकेल्ने अमेरिकी लक्ष्यलाई बल पुग्नेछ ।

मेरिल्यान्डस्थित जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीसँग कुरा गर्दै भान्सले हालसम्म भएका गतिविधिलाई अमेरिका र उसका साझेदार राष्ट्रहरूका लागि रणनीतिक उपलब्धिका रूपमा प्रस्तुत गरे । उनले अन्तिम सहमति भएमा हर्मुज जलघाँटी पुनः खुल्ने, इरानको परम्परागत सैन्य संरचनामा गम्भीर असर पर्ने र आणविक कार्यक्रममाथि उल्लेखनीय नियन्त्रण सम्भव हुने बताए ।

यद्यपि प्रक्रिया अझै पूरा नभइसकेको उल्लेख गर्दै उहाँले वार्ता जारी रहेको र सहमतितर्फको दूरी निकै कम भएको संकेत दिए।

यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आर्थिक दबाब र सुरक्षा रणनीतिले इरानलाई वार्तामा ल्याउन भूमिका खेलेको दाबी गरेका छन्।

ह्वाइट हाउस ब्रिफिङमा उनले यसअघिका प्रशासनले हासिल गर्न नसकेको विषय ट्रम्प प्रशासनले सम्भव बनाएको टिप्पणी गरे।