काठमाडौँ। सरकारले नेपाल टेलिकममा संघीय सरकारको ६६ प्रतिशत सेयर कायम गर्ने भएको छ।
शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै टेलिकमको सेयर घटाएको बताएका हुन्।
बाँकी रहेको सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने अर्थमन्त्री वाग्लेले बताए। सेयर बिक्रीबाट प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्ने उनले बताए।