काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१५ जेष्ठ २०८३
अ+
अ-

कास्की। यस वर्षको मनसुनअगावै पोखराका विभिन्न स्थानमा जमिन भासिन थालेको छ।

पोखरा महानगरपालिका ३‚ नदीपुर क्षेत्रमा शुक्रबार बिहान २ बजेतिर सडकसँगै एउटा घरको आँगन र घरको भाग भासिएको छ।

बिहानको समयमा अचानक जमिन भासिएर करिब १० मिटर जति भ्वाङ परेकोले त्यस क्षेत्रमा पोखराका लगि खानेपानी वितरणका लागि बिछ्याइएको पाइपसमेत फुटेको हुँदा अझै खतरा बढेको स्थानीयको भनाइ छ। यस क्षेत्रमा पटक-पटक जमिन भासिने गर्दा स्थानीयहरू चिन्तित बनेका छन्।

जमिन भासिएको क्षेत्रको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अवलोकन गर्दै उक्त क्षेत्रमा थप क्षति हुन र विपद जोखिम बढ्न सक्ने हुँदा आवश्यकताअनुसार प्राविधिकसँग सल्लाह गरी त्यस क्षेत्रलाई सुरक्षित बनाउन सम्बन्धित वडाका जनप्रतिनिधिहरूलाई सुझाव दिएका छन्।