काठमाडौं। लियोनल मेसीको कप्तानीमा सन् २०२६ को विश्वकप खेल्ने अर्जेन्टाइन टोली घोषणा भएको छ।
३८ वर्षीय फरवार्ड मेसीले चार वर्षअघि कतारमा भएको विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनालाई तेस्रो विश्वकप उपाधि दिलाएका थिए।
बिहीबार प्रशिक्षक लियोनल स्कालोनीले सार्वजनिक गरेको २६ सदस्यीय टोलीमा उनको नाम समावेश गरिएको हो।
अर्जेन्टिनाले जुन १६ मा अल्जेरियासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ। टोलीले जुन २२ मा अस्ट्रिया र जुन २७ मा जोर्डनको सामना गर्नेछ ।
अर्जेन्टाइन टोली
गोलकिपर : इमिलियानो मार्टिनेज, जेरोनिमो रुली, जुवान मुसो
डिफेन्डर : निकोलस ओटामेन्डी, गोन्जालो मान्टिएल, क्रिस्टियन रोमेरो, नाहुल मोलिना, लिसान्ड्रो मार्टिनेज, लियान्द्रो बालेर्डी, फकुन्डो मेडिना, निकोलस टागलिफिको
मिडफिल्डर : रोड्रिगो डी पाउल, लियान्द्रो पारेडेस, एन्जो फर्नान्डेज, एक्सक्वेल पालासिओ, एलेक्स म्याक एलिस्टर, जियोभानी लो सेल्सो, भ्यालेन्टिन बार्को
फरवार्ड : लियोनल मेसी, जुलियन अल्भारेज, लाउटारो मार्टिनेज, निकोलस पाज, थियगो आल्मान्डा, निकोलस गोन्जालेज, जिउलियानो सिमियोन, जोसे म्यानुएल लोपेज