काठमाडौँ। संसद्को संयुक्त बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले लगाएको सेतो जुत्तातर्फ सबैको ध्यान खिच्यो।
संसद्मा शुक्रबार बजेट भाषणपछि प्रधानमन्त्री बाहिरिने क्रममा सांसदहरूसँग अनौपचारिक संवादमा देखिए।
उनले लबीमा उपस्थित सांसदहरूसँग हात मिलाउँदै छोटो भलाकुसारी गरे। सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुषी राणासँग भने उनी केहीबेर कुराकानीमा गर्न भ्याए।
भलाकुसारीका क्रममा प्रधानमन्त्री शाहले आफूले लगाएको सेतो जुत्ता देखाउँदै ‘मैले नेपालकै प्रडक्ट लगाएको छु नि’ भन्दै गर्वका साथ प्रस्तुत भए। उनले लगाएको जुत्ता स्वदेशी ब्रान्ड ‘गोल्डस्टार’ थियो।

सांसद राणा गोल्डस्टारकी मालिक पनि हुन्। प्रधानमन्त्रीले यसअघि पनि स्वदेशी उत्पादनप्रति समर्थन जनाउँदै आएका छन्।
उनले लगाएको सेतो जुत्ता ‘गोल्डस्टार’ भएको आज खुलेको हो।
हेर्नुहोस् थप तस्बिर :
