काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

बजेटबारे व्यवसायी

‘विषय सम्बोधन भयो‚ अब अर्थतन्त्र चलायमान हुन्छ’

१५ जेष्ठ २०८३
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ‚ नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे। (बायाँबाट क्रमश:)। तस्बिर : नेपालन्युज
अ+
अ-

काठमाडौँ। सरकारले ल्याएको बजेटमा आफूहरूले उठाएका धेरै विषयको सम्बोधन भएको निजी क्षेत्रले प्रतिक्रिया दिएको छ।

सरकारले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेपछि संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरूले सरकारले ल्याएको बजेटबाट आफूहरू उत्साहित भएको भन्दै अर्थतन्त्र चलायमान हुने विश्वाससमेत व्यक्त गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रले निरन्तर उठाउँदै आएका धेरै विषय सम्बोधन भएको बताए। उनले रोजगारी सिर्जना, उत्पादन वृद्धिलगायत क्षेत्रमा उल्लेख विषय सकारात्मक रहेको धारणा राखे।

२१ खर्ब २४ अर्बको बजेट सार्वजनिक [पूर्ण पाठ]

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रलाई निकै उत्साहित बनाउने खालको रहेको बताए। सरकारले ल्याएको बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले करलगायत विषयमा सरकारले ल्याएको विषय सकारात्मक रहेको बताए। उनले लगानी गर्न प्रोत्साहन गर्ने गरी सरकारको बजेट आएको धारणा राखे।