काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१५ जेष्ठ २०८३
अ+
अ-

काठमाडौं। उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच औपचारिक रूपमा एकता भएको छ।

शुक्रबार त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालयमा दुवै पक्षबीच सातबुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो।

समान अठोट बोकेका शक्तिहरूको सहकार्यमार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्ने भन्दै दुई दलले पार्टी एकता गरेको जनाएको छ।

पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार दुवै पार्टीले जनआन्दोलनको मर्म, सामाजिक न्याय, समावेशिता र समानुपातिक प्रतिनिधित्वको मुद्दालाई साझा राजनीतिक एजेण्डाका रूपमा अघि बढाउने भएका छन्। साथै भ्रष्टाचार र कुशासनविरुद्ध संयुक्त रूपमा संघर्ष गर्ने प्रतिबद्धता जनाइएको छ।