काठमाडौँ। बिहीबार साँझको हावाहुरी र वर्षाका कारण नेपाल वायु सेवा निगम परिसरमा रूख ढलेको छ।
साँझ ८ बजे तिर ढलेको रूख काठमाडौं महानगरपालिका सहयोगमा हटाइने काम भइरहेको छ।
रूख ढल्दा निगमको गेट र पर्खालमा क्षति पुगेको छ भने कुनै पनि मानवीय क्षति नभएको निगमले जानकारी दिएको छ।
