काठमाडौँ। मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल खेलमा नेपालले जितका लागि मलेसियालाई एक सय २७ रनको लक्ष्य दिएको छ।
मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २६ रन बनायो।
नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ४६ रन बनाएर अविजित रहिन्। कविता कुँवरले १५ बलमा ३३ रन बनाइन् । १८ ओभरमा ९२-५ को अवस्थामा रहेको नेपालले अन्तिम २ ओभरमा ३४ रन जोड्यो।
मलेसियाका लागि विनिफ्रेड दुराइसिंगामले २ तथा आइसा एलिसा र माहिरा इजातीले १-१ विकेट लिए।