फलोअप
पोखरा। पृथ्वीचोक क्षेत्रमा भत्काइएका अतिक्रमित संरचनाका भग्नावशेष हटाउन थालिएको छ।
भग्नावशेष हटाउने अभियानअन्तर्गत पोखरा महानगरपालिकाले डोजर परिचालन गरेको छ। विशेष चासोका साथ हेरिएको हङकङ बजारअगाडिका संरचनामा १४ जेठमा महानगरले डोजर चलाएको थियो।
सडक तथा सार्वजनिक क्षेत्र अतिक्रमण गरी बनाइएका अस्थायी तथा अवैध संरचना हटाउने उद्देश्यले अभियान अघि बढाइएको महानगरले जनाएको छ। अभियानका क्रममा उक्त क्षेत्रका भग्नावशेष हटाउनुका साथै सडक चौडा बनाउने तथा यातायात व्यवस्थापन सुधार गर्ने लक्ष्य राखिएको महानगरले जनाएको छ।
महानगरका अनुसार सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।
हेर्नुहोस् थप तस्बिर :

