काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको बताएका छन्। सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्।
‘एउटा कुरा अचम्म लाग्न सक्छ। प्रधानमन्त्री भएपछि थाहा पाएँ। भारतले नेपालको मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। उनीहरूले मिचेको र हामीले मिचेको के हो दुवै देशले अध्ययन गरेर बसेर साथीको रूपमा समाधान गर्ने सोच राखेका छौँ’, प्रधानमन्त्रीले भने।