नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले कीर्तिमानी ब्याटिङ गरेका छन्। उनले ४३ बलमा ५ चौका र १६ छक्कासहित १२९ रन बनाउँदै आउट भए। पहिलो विकेटका रूपमा ओपनर ब्याटर आसिफ शेख ११ रनमा पेभिलियन फर्किँदा कुशल मल्लसँग कुशल भुर्तेलले १७५ रनको उत्कृष्ट साझेदारी बनाएका थिए।
नेपालका लागि कुशल मल्ल ८५ र रोहित पौडेलले ६९ रनमा अविजित रहे। चीनका लागि बलिङममा मा कियानचेङ र डेन जिङ्गीले १–१ विकेट लिए।