काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१७ जेष्ठ २०८३
रासस
अ+
अ-

काठमाडौं । २१ खर्बको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापनमा सरकारले लिएको सार्वजनिक ऋण परिचालनको नीतिमा कुनै परिवर्तन नभएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तर्क गरेका छन्।

आइतबार सञ्चारकर्मीहरूसँग छलफलमा जुटेका वाग्लेले अहिले पनि सार्वजनिक ऋणको लक्ष्य कुल ग्रार्हथ्य उत्पादन (जीडीपी) को तुलनामा ४२–४३ प्रतिशत हाराहारी नै रहेको बताए।

‘जीडीपीको तुलनामा बजेटको आकार अझ घटेको अवस्था छ। सार्वजनिक ऋण पनि थपिएको थपिएको छ भनिएको छ, तर त्यसो होइन। जीडीपीको ४२–४३ प्रतिशतकै हाराहारीमा छ, जुन यसअघिकै रेसियो हो’ वाग्लेले भने, ‘अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको दीगोपना न्यून चापमा छ भनेको छ । आशय अझ थपेर लिए हुन्छ भन्ने हो ।’

ऋण लिएर बाख्राको खोर बनाउनु भएन, तर आर्थिक विकास गर्ने कुरामा लगानी गर्‍यो भने यो ठीक छ भनेर आईएमएफले नै भनेको उनले तर्क गरे। कम आय भएका मुलुकहरूमा सार्वजनिक ऋण जीडीपीको तुलनामा ५० प्रतिशतसम्म गए पनि हुन्छ भनिएको उनले तर्क गरे ।