काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१७ जेष्ठ २०८३
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार संसद्‌मा दिएको अभिव्यक्तिको विरोधमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले प्रदर्शन गरेका छन्।

प्रधानमन्त्रीको भनाइप्रति असन्तुष्टि जनाउँदै दुवै संगठनका कार्यकर्ताले सडकमा उत्रिएर नाराबाजी गरे। प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन तथा सार्वजनिक रूपमा क्षमा माग्न मागसमेत गरेका छन्।

राष्ट्रहितविपरीत प्रधानमन्त्री

प्रदर्शन शान्तिपूर्ण रूपमा गरिएको छ। विरोध कार्यक्रममा सहभागीहरूले सरकारका अभिव्यक्तिप्रति गम्भीर ध्यान दिनुपर्ने बताउँदै यस्ता अभिव्यक्तिले जनभावनामा आघात पुग्ने धारणा राखेका थिए।

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति ६ सीमाविद्को आपत्ति

हेरौँ थप तस्बिर :