काठमाडौँ। विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई एकलाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र विदुर कोइरालाको इजलासले निजलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो। महराविरुद्ध सुन तस्करीको मुद्दा दायर भएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँबराबरको सुन भन्सार छली तस्करी गरेर राज्यलाई हानि-नोक्सानी पुर्याएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।