११ बुँदे कार्यादेशसहित जिम्मेवारी
काठमाडौँ। नेपाली कांग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा करूणा कटुवाललाई नियुक्त गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २१ वैशाखमा बसेको बैठकको निर्णयअनुसार सभापति गगनकुमार थापाले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम कटुवाललाई अध्यक्षमा नियुक्त गरेका हुन्।
म्याद समाप्त भई स्वतः विघटन भएको नेविसंघको नेतृत्व पुनः व्यवस्थित गर्न कटुवाललाई तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ। उनलाई ११ बुँदे कार्यादेश तथा कार्यविवरणसहित जिम्मेवारी प्रदान गरिएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्तिमार्फत जानकारी दिए।