काठमाडौं। सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक सुरु भएको छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यो बैठक बोलाएका हुन्।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा दिएको विवादित अभिव्यक्तिबारे मुख्य छलफल हुने बताइएको छ।
प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भनी दिएको बयानपछि उत्पन्न राजनीतिक परिस्थिति र आगामी रणनीतिका बारेमा विपक्षी दलहरूले साझा धारणा तय गर्ने जनाएको छ।