काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१८ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल भारत सिमाबारे संसद्‌मा दिएको अभिव्यक्त्ति संसदीय रेकर्डबाट हटाउन सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग माग गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले नेपालले भारतको जग्गा मिचेको प्रमाण पेस गर्न आग्रह गर्दै त्यसबारे प्रमाण नभए प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेका हुन्।

“प्रधानमन्त्रीका तथ्यबिना बोलिएको अभिव्यक्ति रेकर्डबाट हटाउनका लागि अपिल गर्छु,” उनले भने ।

उनले प्रधानमन्त्रीले बोलेको विषय चियाचौतारीको गफजस्तो नभएको टिप्पणी गरे।