काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१८ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतको नयाँदिल्ली पुगेका छन्।

भारतीय जनता पार्टी (बीजेपी) को निमन्त्रणामा उनी सोमबार दिल्ली गएका हुन्।

सभापति लामिछाने नेतृत्वको टोलीलाई नयाँदिल्लीस्थित विमानस्थलमा भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव तथा राज्यसभा सांसद अरुण सिंहले स्वागत गरेका थिए।

लामिछानेको भारत भ्रमणका क्रममा विभिन्न राजनीतिक भेटघाट तथा छलफल हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।