काठमाडौँ । नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा भएको छ। सोमबार राति प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन शाखाले एसएसपीहरुको सरुवा गरेको हो।
सरुवामा काठमाडौँ जिल्लाका एसएसपी फेरिएका छन्। काठमाडौँ जिल्लामा कार्यरत् एसएसपी रमेश थापाको प्रहरी प्रधान कार्यालय सरुवा भएको छ। काठमाडौँ जिल्लामा प्रहरी प्रधान कार्यालयका एसएसपी दिलीप घिमिरेको सरुवा भएको छ।
ललितपुर जिल्लाका एसएसपी पनि परिवर्तन भएका छन्। ललितपुरमा कार्यरत् एसएसपी होबिन्द्र बोगटीको प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक महाशाखामा सरुवा भएको छ। ललितपुरमा एसएसपी तुलबहादुर कार्कीको सरुवा भएको छ।
मानव बेचबिखन ब्युरोका एसएसपी कृष्ण पंगेनीको प्रहरी प्रधान कार्यालय अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखा सरुवा भएको छ। उक्त ब्युरोमा नहकुल पोखरेलको सरुवा भएको छ।
ट्राफिक महाशाखाका एसएसपी नवराज अधिकारी लुम्बिनी प्रदेश कार्यालय र उक्त स्थानमा प्रदेश प्रहरी कार्यालय जनकपुरमा कार्यरत् शान्तिराज कोइरालाको सरुवा भएको छ।
केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी शिवकुमार श्रेष्ठ कोशी प्रदेश प्रहरी तालिम केन्द्र पुगेका छन्, उनको ठाउँमा अनुपम शमशेर जबराको सरुवा भएको छ।
