फोटो कथा
काठमाडौँ। नेपाल-भारत सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउन माग गर्दै नेकपा एमालेले काठमाडौँमा प्रदर्शन गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिले देश र जनताको शिर निहुरिएकाले उक्त अभिव्यक्ति सच्चाउन माग गर्दै एमाले काठमाडौँ जिल्ला कमिटीले सोमबार माइतीघरमा विरोध प्रदर्शन गरेको हो।
उनीहरूले सार्वभौम सदनबाट राष्ट्रविरोधी अभिव्यक्ति बन्द गर, राष्ट्रियता हराएको मान्छे मुर्दावाद, नेपालको सीमा रक्षा गरलगायत नारा लगाएका थिए। साथै उनीहरूले प्रधानमन्त्रीले राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै राजीनामाको मागसमेत गरेका छन्।
एमालेका नेता आनन्दप्रसाद पोखरेलले नेपालले भारतीय भूमि कतै पनि नमिचेको भन्दै प्रधानमन्त्रीलाई आफ्नै सीमाबारे जानकारी नभएको बताए। उनले प्रधानमन्त्रीले संविधानमै उल्लेख नेपालको चुच्चे नक्सालाई नै चुनौती हुनेगरी बोलेको उल्लेख गरे।
उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म आफूहरूको आन्दोलन जारी रहने चेतावनी पनि दिएका छन्।
