काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१९ जेष्ठ २०८३
अ+
अ-

सुर्खेत। सल्यानमा आठ थान भरुवा बन्दुक बरामद गरिएको छ।

बन्गाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्ध गुफा सामुदायिक वनबाट तीन, बस्नेउरा सामुदायिक वनबाट तीन र त्रिवेणी गाउँपालिका–५ डाँडा सल्ले सामुदायिक वनबाट दुई गरी प्रहरीले आठ थान भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले बताए।

बन्दुक वन्यजन्तु चोरीसिकारी गर्नका लागि लुकाएको हुनसक्ने सूचना अधिकारी भट्टराईले जानकारी दिए।

एक हप्ताको अवधिमा यी भरुवा बन्दुक बरामद गरिएको हो।