काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१९ जेष्ठ २०८३
अ+
अ-

जनकपुर। जनकपुर फलफूल तथा तरकारी व्यवसाय संघ आन्दोलित बनेको छ।

संघले आफूहरूले वर्षौंदेखि भाडामा बस्दै आएको घर खाली गराउन भनेपछि समयको माग गर्दै आन्दोलन थालेका हुन्।

संघका महासचिव भुवनेश्वर पूर्वेका अनुसार आदेशबमोजिम बजार खाली गर्ने प्रक्रियामा रहे पनि समय नदिका कारण धर्ना र विरोधका कार्यक्रम गर्नुपरेको हो।

उनले फलफूल तथा तरकारी व्यवसाय कृषि क्षेत्रसँग सम्बन्धित सेवा तथा वितरण क्षेत्र भएकाले राज्यको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए। “व्यवसायीहरूका लागि तरकारी बजारको वैकल्पिक व्यवस्थापन नहुँदा व्यवसायीहरू अहिले मर्कामा परेका छन्।”

त्यसैगरी जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले राज्यले उचित वातावरणको निर्माण गरेर खाली गराउनुपर्नेमा जोड दिए। व्यवसायीहरूलाई आतंकित पारेर भाडामा बस्दै आएको स्थान खाली गराउन नहुने भण्डारीको तर्क छ।