रौतहट। रौतहटको देवाही गुनाही नगरपालिका ४‚ नदीपारि टोलमा करेन्ट लागेर १२ वर्षीया वर्षाकुमारीको मृत्यु भएको छ।
धारामा नुहाउने क्रममा जडान गरिएको मोटरबाट धारामा विद्युतीय करेन्ट प्रवाह हुँदा बिजेन्द्र पटेलकी १२ वर्षीया छोरी वर्षाको आज (मंगलबार) मृत्यु भएको हो।
करेन्ट लागेर सख्त घाइते वर्षाको उपचारका लागि सुकदेव चोकस्थित नेपाल तराई सिटी अस्पताल लगिएको थियो। चिकित्सकले जाँचपछि मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढईले जानकारी दिए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।