काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१९ जेष्ठ २०८३
अ+
अ-

काठमाडौं। सरकारले निजी अस्पतालहरुलाई आकस्मिक उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई मात्र स्वास्थ्य बीमाको सुविधा दिन सकिने जानकारी गराएको छ। अन्यथा स्वास्थ्य बीमा वाफतको भुक्तानी नदिने बोर्डको भनाइ छ।

नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले यही जेठ १८ गते सबै निजी सेवा प्रदायक स्वास्थ्य संस्थाहरुको नाममा सूचना जारी गर्दै भनेको छ, ‘सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवा अन्तर्गत उपचार प्रदान गरी दाबी पेश गरिएमा त्यस्ता दाबीहरुको भुक्तानी नगरिने।’

कुनै बिरामीको स्वास्थ्य अवस्थामा आकस्मिक उपचार आवश्यक पर्ने प्रकृतिको देखिएमा मात्र आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न र त्यस्ता आकस्मिक बिरामीलाई उपचारको क्रममा भर्ना वा शल्यक्रिया समेत आवश्यक पर्ने भएमा उपचार पद्धति अनुसार उपचार गरी डिस्चार्ज गर्न बीमा बोर्डले भनेको छ।

आम सेवाग्राहीहरुलाई समेत यस सूचनाको पूर्ण पालना गर्न र सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीमाथि दबाब सिर्जना नगर्न भनिएको छ।