काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१९ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी (काठमाडौँ)लाई मनोनयन गरेको छ।

रास्वपाको सोमबार बसेको सचिवालय बैठकले काठमाडौँ, टोखाका केसीलाई केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा मनोनीत गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।

केसीले पार्टीको विधान, नीति र सिद्धान्त तथा आयोगको नियमावली तथा कार्यविधिबमोजिम आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले व्यक्त गरेका छन्।