काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१९ जेष्ठ २०८३
कवीन्द्र बुर्लाकोटी।
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले सीमाका विषयमा दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीबाटै यसको जवाफ आउने बताएका छन्।

संसद् भवन सिंहदरबारमा मंगलबार सञ्चारकर्मीसँग उनले विपक्षी दलहरूले राखेका चासोका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले यथोचित समयमा जवाफ दिने बताए। विपक्षी दलहरूसँगको छलफलमा पनि आफूले यसबारे जानकारी गराएको उनको भनाइ छ। तर सदनको विरोध नहटाउने जवाफ विपक्षीबाट आएपछि एक साताका लागि सदन स्थगित भएको महामन्त्री बुर्लाकोटीले बताए।

उनले यसबीचमा राजनीतिक छलफल र संवाद हुने भन्दै २५ जेठमा बैठकको अवरोध हट्ने दाबी गरे। उनले दशगजा क्षेत्रमा दुवै तर्फबाट भूउपयोग भएको देखिएकाले सीमा विवादलाई कूटनीतिक तवरबाट समाधानको पहल गर्नुपर्ने रास्वपाको स्पष्ट धारणा रहेको पनि बताए। त्यस्तै भारतले मिचेको भूमि फिर्ता हुनुपर्छ भन्ने रास्वपाको मान्यता रहेको उनको भनाइ छ।

उनले अब बस्ने प्रतिनिधिसभाको बैठकमा लगातार बजेटका विषयमा छलफल हुने र समयमै पारित हुने गरी अघि बढ्ने गरी विपक्षी दलसँग सहमति भएकोसमेत जानकारी दिए।
यो पनि…

‘प्रधानमन्त्रीले भनाइ सच्याउँदै माफी माग्नुपर्छ’