काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१९ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन प्रक्रिया स्थगित गरिएको छ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले पार्टीभित्रका निर्वाचनसम्बन्धी विवादका कारण विभिन्न प्रदेश र जिल्लामा जारी तथा हुने भनिएका निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो।

आयोगका प्रमुख भुवन केसीको अध्यक्षतामा बसेको बैठकले विवादसम्बन्धी उजुरीमाथि छानबिन र अन्तिम निर्णय हुन बाँकी रहेकाले १७ जेठसम्म सम्पन्न भइसकेका प्रक्रियाबाहेक अन्य सबै प्रक्रिया रोक्ने निर्णय गरेको हो।

आयोगले अर्को आधिकारिक निर्णय नआएसम्म सम्बन्धित क्षेत्रहरूमा वडा, पालिका तथा जिल्ला अधिवेशनका निर्वाचन गतिविधि स्थगित गर्न निर्देशन दिएको आयोग प्रमुख केसीले जनाए। निर्देशनविपरीत कुनै प्रक्रिया अघि बढाइए त्यसले आधिकारिक मान्यता नपाउने पनि स्पष्ट पारिएको छ।

स्थगन गरिएका क्षेत्रमा बागमती प्रदेशअन्तर्गत सिन्धुपाल्चोकका विवादित स्थानीय तह तथा वडाहरू तथा मधेस प्रदेशअन्तर्गत सर्लाही, सिराहा, महोत्तरी र धनुषाका विभिन्न स्थानीय तह समावेश छन्।