काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१९ जेष्ठ २०८३
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। निर्धारित समयभन्दा करिब दुई घण्टा ढिला गरी सुरु गरिएको बैठक विपक्षी दलहरूको निरन्तर विरोधपछि केही समयमै स्थगित गरिएको छ।

बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले विभिन्न विषयलाई लिएर आपत्ति जनाउँदै नाराबाजी गरेका थिए। उनीहरूको अवरोधका कारण सभाको कारबाही नियमित रूपमा अघि बढ्न नसकेपछि सभामुखले बैठक स्थगित गरे।

विपक्षी दलहरूले आफ्ना माग सम्बोधन नभएसम्म बैठक सञ्चालन गर्न नदिने अडान दोहोर्‍याए। बैठक २५ जेठमा बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले स्थगित गरे।