काठमाडौँ। नेकपा एमालेका सांसद गुरु बरालले आफूहरू प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा रहेको बताएका छन्।
संसद् भवनमा मंगलबार सञ्चारकर्मीसँग उनले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुक नै अप्ठ्यारोमा पर्न सक्ने भएकाले प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा रहेको बताए।
सीमाका विषयमा गलत सूचना दिएर देशलाई भ्रमित पार्ने र देशको अस्मितामाथि नै प्रश्न उठ्ने अवस्था आउन दिन नहुने उनको भनाइ छ।
त्यस्तै उनले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा रहेका बेला जबरजस्त सदन चलाउने सभामुखको कदम उचित नभएको बताए। उनले सदन सञ्चालनका लागि जिम्मेवार बन्न सभामुखलाई सुझावसमेत दिए।
विपक्षीलाई पेलेरै जबरजस्ती सदन चलाउन खोजे दुर्घटना हुने उनको चेतावनी छ।
यो पनि…