काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारले समतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको दाबी गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाइएको दाबी गरेका हुन् ।
विपक्षी दलहरूले संविधानको मर्मविपरीत बजेट आएको भन्ने आरोपलाई उनले खण्डन गरे । उनले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिएको दाबी गरे ।
समन्यायिक समुन्नति र समृद्धिलाई लक्ष्य बनाएको उनको भनाइ छ । बजेटमा समाजवाद शब्द स्पष्ट रूपमा उल्लेख नभए पनि समताको एजेन्डालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने प्रयास बजेटमार्फत गरिएको उनले बताए ।
बजेटमा ‘समाजवाद’ शब्द स्पष्ट रूपमा उल्लेख नभए पनि समताको एजेन्डालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने प्रयास बजेटमार्फत गरिएको अर्थमन्त्री डा. वाग्लेले बताए । उनले सरकार पाँचवर्षे प्रतिबद्धता र जनताले अनुमोदन गरेको एजेन्डाप्रति दृढ रहेको उल्लेख गरे। सरकारका नीति, कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेटबिच उच्च स्तरको संगति रहेको उनले दाबी गरे ।
अर्थमन्त्री डा. वाग्लेले भने, “मैले बुझेको भाषा अथवा मेरो पार्टीले बोकेको एजेन्डाजस्तो बजेट आएन भनेर गुनासो गर्नु त एक ठाउँमा रह्यो तर पाँच वर्षसम्मका लागि हाम्रो अर्जुनदृष्टि भनेको हामीले नै गरेको वाचा र जनताले अनुमोदन गरेको एजेन्डा नै हो, त्यसप्रति अत्यन्तै वफादार रहेर हामीले कार्यक्रमहरू अगाडि बढाएका छौँ। १०० वटा शासकीय सुधार, नीति कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेट सबैमा अभूतपूर्व संगति छ। यसलाई त्यही कोणबाट हेरिदिनुहोला।”
उनले भने, ‘मैले बुझेको भाषा अथवा मेरो पाटीले बोकेको एजेण्डाजस्तो बजेट आएन भनेर गुनासो गर्नु त एक ठाउँमा रह्यो तर पाँच वर्षसम्मका लागि हाम्रो अर्जुनदृष्टि भनेको हामीले नै गरेको वाचा र जनताले अनुमोदन गरेको एजेन्डालाई नै हो, त्यसप्रति अत्यन्तै बफदार रहेर हामीले कार्यक्रमहरू अगाडि बढाएका छौँ ।’