जलेश्वर। प्रहरीले बर्दिबास नगरपालिका-९ का वडाध्यक्ष घुरन महतोलाई बैंकिङ कसुरसम्बन्धी मुद्धामा पक्राउ गरेको छ।
महोत्तरी जिल्ला अदालतबाट फरार सूचीमा रहेका वडाध्यक्ष महतोलाई प्रहरीले गत २२ वैशाख बिहीबार पक्राउ गरेको हो।
प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले वडाध्यक्ष महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखी बैंकिङ कसुरसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिए।