काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

३ असार २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। कारागारबाट फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

गत २४ भदौको जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका टेकबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनी ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्षका लागि थुनामा थिए।

तामाङलाई यही २ असारमा तारकेश्वर ८ बाट पक्राउ गरी केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा पेस गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।