काठमाडौँ। सडकपेटी आश्रित दृष्टिविहीन नागरिकले काठमाडौँमा प्रदर्शन गरेका छन्।
काठमाडौँ महानगरले सडकपेटी, मठमन्दिर र चोकमा आफ्नो जीवनयापनका लागि काम गर्न नदिएको भन्दै उनीहरूले सोमबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा सडकपेटी आश्रित दृष्टिविहीन नागरिक सुदीप ओलीले सरकारले दृष्टिविहीनहरूको गाँस, बास र कपासको ग्यारेन्टी नगरेको र उल्टै सडकमा व्यापार गरेर जीवनयापन गर्न पनि नदिएको गुनासो गरे। नगरप्रहरीहरूले आएर दमन गर्ने, दिनभर होल्डिङ सेन्टरमा थुन्ने र महिलामाथि अभद्र व्यवहार गर्ने गरेको उनको भनाइ छ।
राज्यले दृष्टिविहीनलाई सडकपेटीमा मर्यादित रूपमा गरी खान दिनुपर्ने, योग्यताअनुसारको रोजगारीको व्यवस्था गर्नुपर्ने उनको माग छ।
राज्यले आफूहरूलाई रोजगार दिन नसकेको अवस्थामा बेरोजगार भत्ताबापत प्रतिमहिना २० हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने पनि उनीहरूको माग छ।
