काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिएकी रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।
उनले उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गरेको घोषणा गरेकी छन्।
यसअघि पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, नेताहरू गणेश पराजुली, शिशिर खनाल, प्रमोद न्यौपाने र जगदीश खरेलले विपिनलाई समर्थन गरेको घोषणा गरेका थिए।
यस्तै, महामन्त्रीमा उठेको बताएका राजुनाथ पाण्डेले पनि अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएको जनाएका छन्।
अब महामन्त्रीमा आचार्यसहित मनिष झा, गणेश कार्की, सागर ढकालबिच प्रतिस्पर्धा हुने भएको छ।