काठमाडौँ
००:००:००
१६ असार २०८३, मंगलवार

१६ असार २०८३
अ+
अ-

काठमाडौँ। सडकपेटीमा आश्रित दृष्टिविहीन नागरिकहरूले आफ्ना माग राख्दै काठमाडौंको माइतीघरमा लगातार ९ दिनदेखि प्रदर्शन जारी राखेका छन्।

काठमाडौं महानगरपालिकाले सडकपेटी, मठमन्दिर तथा सार्वजनिक चोकहरूमा जीवनयापनका लागि काम गर्न नदिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

प्रदर्शनमा सहभागीहरूले नगरप्रहरीबाट दमन हुने, दिनभर होल्डिङ सेन्टरमा राखिने तथा विशेषगरी महिलामाथि अभद्र व्यवहार हुने गरेको आरोप लगाएका छन्।

उनीहरूले दृष्टिविहीन नागरिकलाई सडकपेटीमा मर्यादित रूपमा काम गरेर जीविकोपार्जन गर्न दिनुपर्ने, योग्यता अनुसार रोजगारीको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

हेर्नुहोस् तस्बिरहरू :