काठमाडौँ
००:००:००
१६ असार २०८३, मंगलवार

१६ असार २०८३
अ+
अ-

काठमाडौं। एमाले नेता एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबीसहित परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

मंगलबारका लागि तोकिएको पेसीको सुनुवाइ न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासमा हुन लागेको हो।

विशेष अदालतले पौडेललाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमती दिएपछि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन परेको थियो।

हिरासतमा राख्न अनुमति दिएपछि असार १० गते पौडेलकी पन्ती दोमायाले आफ्ना श्रीमानलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।