२० असार २०८३
अ+
अ-

काठमाडौँ । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा भएको छ। शनिबार बिहान राउन्ड अफ ३२ का सबै खेल सकिएसँगै प्रि-क्वाटरफाइनमा पुग्ने १६ वटै टोलीको टुंगो लागेको हो।

४ पटकको पूर्वविजेता जर्मनी, गत संस्करणमा तेस्रो भएको क्रोएसिया, दाबेदार मानिएको नेदरल्यान्ड्स, एसियन पावरहाउस जापान, अफ्रिकन डार्क हर्स सेनेगलजस्ता टोली राउन्ड अफ ३२ बाटै बाहिरिएका छन् ।

साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स, चौथो भएको मोरक्को, युरोपका शक्ति स्पेन, इंग्ल्यान्ड र बेल्जियम सहित १६ राष्ट्र अब अन्तिम आठका लागि प्रतिस्पर्धा गर्नेछन्।

यी हुन् १६ टीम:

१. क्यानडा

२. मोरक्को

३. फ्रान्स

४. पाराग्वे

५. ब्राजिल

६. नर्वे

७. मेक्सिको

८. इङ्ल्यान्ड

९. पोर्चुगल

१०. स्पेन

११. अमेरिका

१२. बेल्जियम

१३. अर्जेन्टिना

१४. इजिप्ट

१५. स्विट्जरल्यान्ड

१६. कोलम्बिया