काठमाडौँ । म्याग्दीबाट स्वतन्त्र सांसद निर्वाचित भएपछि महावीर पुनले आफ्नो पुस्तक बिक्री सुरु गर्ने भएका छन् । उनले वीरगंजमा चलिरहेको कृषि औजार कारखानाका लागि रकम चाहिने भएकाले आत्मकथाको पुस्तक बेच्न लागेको बताएका छन् ।
उनले आज बिहान फेसबुकमा लेख्दै भनेका छन्, ‘आज पोखरा पुगेर १० बजेदेखि अमरसिंह चोकमा मेरो आत्मकथाको किताब बेच्न सुरु गर्नेछु।’
उनले पोखराकै पृथ्वीचोकमा दिउँसो १ बजे र महेन्द्रपुलमा दिउँसो ४ बजे पुस्तक बेच्न पुग्ने बताएका छन् ।
‘चुनाव पनि लड्ने र किताब पनि बेच्ने भनेर किताब लगेको थिएँ, तर निर्वाचन आयोगले चुनावमा बेच्न दिएन’ उनले भने, वीरगंजमा कृषि औजार कारखाना मज्जाले चलिरहेकै छ, त्यसैले पैसा त चाहियो नि ।’